
आज १४ फेब्रअरी । अर्थात भ्यालेन्टानईन डे । चितवनका थुपै्र किशोर किशोरी तथा युवायुवतीहरु १४ फेबु्रअरी अर्थात भ्यालेन्टाइन डेका अवसरमा आफ्नो बर्षौ पुरानो र नयाँ प्रेम साटासाट गर्ने तयारीमा जुटेका छन् । ५÷६ वर्षअघि नयाँवर्षमा उल्लासमाय तवरले प्रेम वाँड्ने गरेका युवायुवतिहरुले अहिले खुलेआम प्रेमदिवस अर्थात ुभ्यालेन्टाइन डेु मनाउन थालेका छन् । सन्त भ्यालेन्टाइनले प्रेमको नाममा वलिदान दिएपछि विश्वव्यापी बन्दै गएको ुभ्यालेन्टाइन डेु को स्वागत चितवनमा अत्यन्तै उत्साहजनक रुपले हुने गरेको छ । करीब एक साता अघिदेखि नै गिफ्ट हाउसमा गि्रटिङ कार्ड र उपहारहरु किन्नेको भीड लाग्ने गरेको छ । भीड लागेपछि उपहार बिक्री गर्न समेत ब्यवसायीलाई भ्याई नभ्याई भएको छ । विदेशी तथा स्वदेशी संचारमाध्यमवाट भएको प्रचारप्रसारका कारण पनि यो पर्व चितवनमा पनि निकै प्रचलनमा आएको हो । वर्षौदेखि मनाउँदै आएको ुभ्यालेन्टाईन डेु एउटा पश्चिमी शैलीको संस्कृति हो । विदेशबाट आएको भएपनि ुभ्यालेन्टाइन डेुलाई नेपाली संस्कार अनुसार भिन्दै पाराले मनाउँदा उपयुक्त हुने बुद्धिजिबिको भनाई छ । आजको दिन पुर्बी चितवनको शान्ति कुाजरमाईलो डाडा नवलपरासीको मौलाकालिकाहेटौडाको शहिद स्मारकमा चितवनका युवा युवति आफ्ना प्रेमी प्रेमिका संग प्रेम साट्न पुग्ने गर्दछन् । चितवनको स्थानिय एफ एम हरुले समेत यो दिवसका अवसरमा बिशेषकार्यक्रम प्रसारणगर्ने तयारी गरिरहेका छन ।प्रणय दिवसका नामले समेत मनाईने यो दिन विवाह भैसकेका श्रीमान श्रीमतिहरुपनि मनोरम स्थानमा पुग्ने तथा उपहार साटासाट गर्ने गर्छन ।
No comments:
Post a Comment