Friday, February 13, 2009

लभ टिप्स



लभ टिप्स
पहिलो डेटको तयारी
१) पहिलो डेटमा कहाँ र कसरी भेट्ने टेलिफोनमा छलफल गर्दै हुनुहुन्छ भने पाँच मिनेटभित्र कुराकानीको बिट मार्नुहोस्। जबकि त्यति बेलै डेटका बारेमा थुप्रै गन्थन गर्न मन लागिरहेको हुन्छ। २) डेट पक्का गर्न पहिलो कल प्रेमीले गरेर कहाँ भेट्ने सुझाव दिनु र लिनु प्रभावकारी हुन्छ। यसले प्रेमीमा रहेको नेतृत्व गर्ने सीप देखाउँछ। ३) साँझको पहिलो प्रहर डेटका लागि सबभन्दा उपयुक्त समय हो। बिहान धेरै कामको सम्झना आउँछ। लञ्च समयमा अनौपचारिकता बढी हुन्छ। साँझको पहिलो प्रहरले आवश्यक पर्दा थप समय उपलब्ध गराउँछ। ४) पहिलो डेटका लागि सबभन्दा उपयुक्त सार्वजनिक स्थल नै हो। रेष्टुराँ बढी सुरक्षित हुन्छ। पहिलो डेटमा फिल्म हेर्न र शान्त तथा एकान्त स्थलमा जानु राम्रो होइन। पहिलो डेटलाई जतिसक्दो सार्वजनिक बनाउने प्रयास गर्नुपर्छ। ५) क्लब तथा बारको दृश्यबाट टाढै रहनुहोला। त्यहाँ धेरै मानिसको उपस्थिति हुन्छ। संवादलाई त्यहाँका क्रियाकलापले खलल गर्ने सम्भावना उति नै बढी हुन्छ। यसले तपाईंको ध्यान डेटबाट अन्यत्र सर्न सक्छ। ६) बुक स्टोरबाट पनि टाढै रहनू। बुक स्टोरले तपाईं कहाँ भेट्दै हुनुहुन्छ भन्नेतर्फमात्र लक्षित गर्छ, न कि कहाँ डेट गर्दै। बुक स्टोर दुई जना भेट हुने स्थान बन्न सक्छ, गन्तव्य होइन।७) पहिलो डेट कफी डेटमात्र बन्नुहुँदैन। कफी डेटमा सीधा आँखामा आँखा जुध्ने हुनाले एकअर्कालाई असहज महसुस हुन सक्छ। राम्रो रेस्टुराँको छनौट र मन्द गतिमा हिंड्दै गफ गर्नु प्रभावकारी हुन्छ। ८) तपाईंले ३० मिनेटमा ´इमोसनल क्यामेस्ट्री´ विकास गर्नुपर्छ। यसका लागि सक्रिय सञ्चारक हुनु जति जरुरी छ, त्यति नै स्रोताको भूमिका पनि निर्वाह गर्नुहोला। कला भनेको सुन्ने र बोल्नेबीचको सन्तुलन नै हो। ९) पहिलो डेटमा क्याजुअल ड्रेस बढी प्रभावकारी हुन्छ।१०) कसैसँग ड्रेस मागेर, प्लास्टिक तथा रबरको चप्पल लगाएर र असिनपसिन भएर पहिलो डेटमा जानुहुँदैन। ११) पक्का गर्नुहोस् कि डेटमा निस्कनुअघि तपाईंको कपाल र पूरा आवरण सफा, सुकिलो, सुन्दर र छरितो देखिएको छ कि छैन? १२) गहना जतिसक्दो कम प्रयोग गरेको राम्रो। यो युवायुवती दुवैमा लागू हुन्छ।१३) पक्का गर्नोस् कि तपाईंको श्वासप्रश्वासमा कुनै समस्या छैन।१४) सबभन्दा महत्वपूर्ण कुरा ´बि अन टाइम´।
डेटिङको मर्यादा
) पहिलो डेट रेस्टुराँ बन्दैछ भने ´टेबल म्यानर´ बुझ्नु जरुरी छ। डिनरसम्बन्धी शिष्टाचार जान्नु अझ बढी आवश्यक छ। २) मुख बिगार्नु, खुला राख्नु राम्रो होइन। ३) डेटमा ड्रिङ्क नगर्नू। यसले तपाईंप्रति हेर्ने दृष्टिकोण परिवर्तन गराउँछ र अर्को दिन स्वयंलाई पछुतो हुन सक्छ। ४) तपाईं स्मोकर हुनुहुन्छ भने पनि डेटमा स्मोक नगर्नू। तपाईसँग आज च्वाइस छैन। पोलाइट स्मोकर बन्ने तपाईंको इच्छा आज पूरा हुन सक्दैन। त्यसैले डेटको सुरुदेखि अन्तसम्म यसको उचित व्यवस्थापन गर्नु तपाईंको खुबी हो। ५) तपाईंलाई डेटबाट तत्काल बाहिर निस्कनुपर्‍यो भने उसैको सामुन्ने फोन गर्नुहोस्, अनि बताउनोस्– ´ओहो ! एउटा काम पर्‍यो, म जानुपर्ने भो।´ तपाईं आफूलाई निर्दोष र इमानदार अनुभव गर्नुहुन्छ भने डेटको यसमा असहमति हुने छैन।
कुराकानी
१) कुनै पनि सेकेन्ड बेकारमा जान नदिनोस्। आफ्ना रुचि तथा इच्छा, पुराना सम्बन्धबारे एक-अर्कामा खुलेर कुरा गर्नु प्रभावकारी हुन्छ। २) कुराकानी आफूमा मात्र केन्द्रित भएको छ कि छैन ध्यान दिनु जरुरी छ। आफ्नैमात्र र आफैंमात्र कुरा गर्नु राम्रो होइन। प्रश्न सोध्नुहोस्, उसलाई प्रश्न सोध्ने वातावरण सिर्जना गर्नोस्। आफूले सोध्ने प्रश्नको जवाफ पहिल्यै दिइसक्नु राम्रो। दिमागमा यो कुरा राख्नुहोस् कि सञ्चार गर्ने कला दुईथरी हुन्छन् : सुन्ने र बोल्ने।३) राजनीतिक र धार्मिक कुराकानीबाट भने टाढै रहनुपर्छ। पहिलो डेटमै यी विषयमा हुने कुराले टेन्सन दिन सक्छ। यदि डेटका बेला यी विषय आए भने तत्काल विषय परिवर्तन गर्नु उपयुक्त हुन्छ। कुराकानीलाई हल्का र मनोरञ्जनात्मक रूपमा अघि बढाएको राम्रो। ४) यौन जीवनबारे कुरा नगर्नुहोस् (भूत, वर्तमान र भविष्य)। यसलाई बेडरुमकै लागि थाँती राख्दा राम्रो, जहाँ यसको सम्बन्ध छ। ५) डेटमा घृणित र अश्लील शब्द प्रयोग गर्नुहुँदैन।६) वियोगान्त घटना र इतिहास तथा दुःखदायी कुरा नगर्नु नै राम्रो।७) औषधोपचारबारे कुरै नझिक्नु। यो तपाईंको निजी कुरा हो।
इन्टरनेट डेटिङ
) यो डरलाग्दो र अत्याउने डेट हो। यसमा बचाउ र सुरक्षाका पूर्व उपाय कम हुन्छन्। फोनमा पाँच मिनेटको नियमजस्तै इन्टरनेटमा पनि तपाईं बढीमा पाँच मिनेट बिताउन सक्नुहुन्छ। कसैसँग २ महिना इमेलमार्फत् मात्र कुरा गरेर समय नबिताउनुहोस्।२) जब फेस टू फेस भेट हुने कुरा उठ्छ, जतिसक्दो छिटो सुरक्षित तवरले भेटिहाल्नुहोस् र यो कुरा कोही तेस्रो व्यक्तिलाई थाहा होस् कि तपाई कहाँ हुनुहुन्छ।
पुरुषका लागि
) महिलाहरू उपहार मन पराउँछन्। त्यसैले सानो ब्यागमा खेलौना, चक्लेट लिएर जानु उपयुक्त हुन्छ। २) महिलाले त्यस्तो पुरुष बढी मनपराउँछन्, जो संवेदनशील छ। त्यसैले महिलालाई आफ्नो नरम व्यवहारको परिचय दिन भुल्नुहुँदैन। डेटमा अत्यन्त उत्सुक हुन जरुरी छ। प्रश्न सोध्नुहोस्, अनि सुन्नुहोस्। ३) रेस्टुराँमा महिला वेटर छन् भने बढी होसियार हुनुहोस्। झुक्किएर पनि महिला वेटरसँग नजिस्किनुहोला। किनकि पुरुषले आँखा कहाँ नचाउँछन् भन्नेमा महिला निकै संवेदनशील हुन्छन्।
महिलाका लागि
) एकै श्वासमा आफू सेक्सी, बौद्धिक र राम्री भएको परिचय दिनुहोस्। यो सब देखाउन नअतलिनू। मुस्कानलाई लुक्न नदिनोस्। आँखामा आँखा जुधाउन डर मान्नुहुँदैन।२) सबभन्दा महत्वपूर्ण कुरा, यदि तपाईंले प्रभाव जमाउनमात्र कोसिस गर्नुभयो भने डेटिङ खराब परिणतिमा अन्त्य हुनेछ।

No comments:

Post a Comment