Friday, February 13, 2009

घाईते गैंडा मर्यो


चितवन फागुन ३÷

शिकारीले गोली हानी जीउँदै खाग लगेको घाईते गैंडा मरेको छ । झण्डै १५ दिनअघि चोरी शिकारीले गोली हानी घाईते बनाएर खाग लगेको अवस्थामा एकसाताअघि निकुाजमा भेटीएको पोथी गैंडा निकुाजकै तमोर ताल नजिकै उपचारको क्रममा मरेको हो । पोष्टमार्ट रिपोर्ट अनुसार गैंडालाई ठूलो भरुवा बन्दुको गोली प्रहार गरिएको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनु भयो । शिकारीले गैंडाको बायाँपट्टी कानमुनि गोली हानेकोमा दायाँपट्टी घाँटीको तल पुगेर गोली अड्किएको निकुाजले जनाएको छ । स्थानीय पथप्रर्दशकले गत माघ २० गते गैंडा खाग नभएको घाईते अवस्थामा भेटेका थिए । त्यसको ४ दिनपछि हराएको घाईते गैंडा राष्ट्रिय निकुाजको लामीतालमा निकुाजले फेला पारेको थियो ।

No comments:

Post a Comment